Section 49
नेपाल राष्ट्र बैङ्कले आदेश वा निर्देशन दिन सक्ने
नेपाल राष्ट्र बैङ्कले देशको मौद्रिक स्थितिलाई ध्यानमा राखी कोषको प्रभावकारिता बढाउने उद्देश्यले कोषलाई समय समयमा आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ । त्यस्तो आदेश वा निर्देशनको पालना गर्नु कोषको कर्तव्य हुनेछ ।